आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
0 Shares

कास्की। आफ्नै १३ वर्षीया नाबालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

आफ्नै छोरीलाई केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका ३९ वर्षीय पुरुषलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।

मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्