कोरोना संक्रमणबाट दाजुभाइको निधन

corona-death
  • 68
    Shares
लाेकपाटी न्यूज

विराटनगर। कोरोना संक्रणबाट मोरङको लेटाङमा चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ। लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो।

त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको हो।

उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि मृत्यु भएको अस्तालले जनाएको छ। शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट मृत्यु हुनेको सख्या १ सय ९ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्