राजेन्द्र बिक/ बाजुरा, १२ मंसीर। बाजुरा जिल्लास्थित बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ।
नगरपालिकामा एकपछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि नगरपालिकाले आगामी आइतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी मर्हजनले बताए।
यस अघि नगर प्रमुख दिपक बिक्रम शाह र बुढीगंगा २ का वडा अध्यक्ष हिरालाल थापालाई समेत कोरोना संक्रमण देखिएको थियो।