ट्राफिक जरिवाना जम्मा गर्न बैंक काउण्टर स्थापना

traffic
  • 118
    Shares
लोकपाटी न्यूज

कास्की। ट्राफिक जरिवाना बैंकमार्फत सिधैँ खातामा जम्मा गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बैंक काउण्टर सञ्चालनमा ल्याइएको छ।

ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिका-९ नयाँ बजारस्थित ट्राफिक कार्यालयको भवनमा आजदेखि सञ्चालनमा ल्याएको काउण्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उद्घाटन गरे।

जिल्लाभित्र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही गर्ने सिलसिलामा सवारी नियम उल्लंघन बापत जरिवाना रकम बैंकिङ प्रणालीमार्फत सिधैँ ‘जरिवाना रकम राजश्व खातामा’ जम्मा गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष रोकाले जानकारी दिए।

उनका अनुसार कारवाहीमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको काउन्टरमा गई राजश्व दाखिला गराउनु पर्नेछ। बैंक काउण्टर स्थापनापछि ट्राफिक कामकारवाहीलाई सहज छिटो छरितो र पारदर्शी तरिकाले सञ्चालनका लागि सहयोग पुग्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्