आइतबार कति कोरोना संक्रमित थपिए ?

corona_test
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ। २४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन्।

त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ।