ओलीलाई उर्जामन्त्रीको आग्रह : ‘नेतृत्व हस्तान्तरणको ठोस प्रस्ताव ल्याउनुस्’

barsaman-pun ananta
  • 116
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुनले नेतृत्व हस्तान्तरणका लागि ठोस प्रस्ताव ल्याउन नेताहरूसँग आग्रह गरेका छन्। उनले पार्टीको अध्यक्ष र प्रधानमन्त्री चलाउन आफूहरू सक्षम रहेको बताउदै नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने निर्णय आवेग र उत्तेजनामा नभइ विवेकपूर्ण ढंगले गर्न आग्रह गरे।

रोल्पाको लाकुरीमा सोमबार नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सवस्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेतृत्व हस्तान्तरणका लागि ठोस प्रस्ताव ल्याउन नेताहरूसँग आग्रह गरेका हुन्।

‘ दुई अध्यक्षले निर्णय गर्नुस्, हामी युवाहरू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैको जिम्मेवारी लिन तयार छौं, चलाउन सक्छौं, यो प्रक्रिया आवेग र उत्तेजनामा होइन विवेकसम्मत ढंगले गर्नुस्,’ मन्त्री पुनले भने, ‘तपाईंहरूलाई अविभावकको रूपमा स्वीकार्दै कम्युनिस्ट आन्दोलन अगाडि बढाउन तयार छौं।’

मन्त्री पुनले पार्टीभित्र देखिएको विवाद केन्द्रीय कमिटीले हल गर्ने भन्दै विचलिन नहुन कार्यकर्तालाई आग्रह गरे।  ठूला विवाद महाधिवेशन र साना विवाद केन्द्रीय कमिटीबाट हल हुने भन्दै पार्टी विभाजन नहुने बताए।