कांग्रेस केन्द्रीय खेलकुद विभाग नवलपरासीद्वारा रक्तदान कार्यक्रम, ३२ पोइन्ट रगत संकलन

pic
  • 24
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, १५ मंसिर। नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग, नवलपरासीले सोमबार रक्तदान कार्यक्रम गरेको छ। केन्द्रीय खेलकुद विभागको निर्देशन बमोजिम आज देशैभरि रक्तदान कार्यक्रम अनुरुप पश्चिम नवलपरासीस्थित सुनवल उपशाखाको रेडक्रस भवनमा रक्तदान कार्यक्रम गरी ३२ पोइन्ट रगत संकलन गरिएको खेलकुद विभागले जनाएको छ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम संचालन गरिएको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सदस्य तथा रक्तदान कार्यक्रमका अध्यक्ष धन प्रसाद गुरुङले बताए। नेपाली कांग्रेस जिल्ला सभापति तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि विष्णु पौडेलले खेकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण हुने भन्दै रक्तदान नै जिवन दान भएकाले सबैलाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गरे।

कार्यक्रममा जिल्ला रेडक्रसका उपसभापति कृष्ण प्रसाद लामिछाने, सुनवल रेडक्रस उपशाखाका सभापत गोपाल शर्मा, रामग्राम नगरपालीकाका उपप्रमुख रम्भा कुँवर, सुनवल खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष खड्क वस्नेत लागायतले रक्तदान कार्यक्रम जिवनसंग जोडिने पवित्र र महत्वपुर्ण कार्य भएको बताए।

कार्यक्रमा निर्माण व्यवसायी संघ केन्द्रीय सदस्य माधव चापागाई, सुनवल रेडक्रस उपशाखा उपसभापति राजन कुमार आर्चाय लगायत विभिन्न संघसस्थासँग आवद्ध व्यक्तित्व साथै नेपाली काग्रेसका नेता कार्यकर्ता र काग्रेस सम्वद्ध भातृ संगठनमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम संचालिका बविता बस्यालले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्