आज कति छ सुनचाँदीको मूल्य ?

gold-coins-money-saving
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। शुक्रवार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। बिहीबारको तुलनामा छापावाल सुन शुक्रवार ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्