बहुमत-अल्पमतमा गए पूर्वएमाले ब्युताउँछौं : विष्णु रिमाल

Bishnu-Rimal pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीका राजनीतक सल्लाहकार विष्णु रिमालले पार्टी भित्रको विवादलाई लिएर बहुमत र अल्पमतमा गए पूर्वएमाले ब्युताउँने चेतावनी दिएका छन्। रिमालले बहुमत र अल्पमतमा गए पार्टी एकता भंग हुने चेतावनी दिएका हुन्।

खास कुरा के हो ?

तथ्यले यसलाई पुष्टि गर्छ कि हामी नेताहरुले अनधिकृत रुपमा केन्द्रीय कार्यालयको लोगोमा जुन किताब छापेर बाँड्नुभएको छ नि त्यसमै प्रधानमन्त्रीले दिनुभएको जवाफ पनि राखिएको रहेछ।

त्यसमा पनि यो कुरा उल्लेख छन्। पछिल्लो समयका नियुक्तिलाई भन्ने हो भने के कारणले नियुक्ति गरिएको हो उहाँले भन्नु भएकै छ। अगाडिका कुरा पनि त्यहीँ छन् यदि पुगेका छैनन् भने त्यसमा त बहस गर्न सकिन्छ। तर दुई अध्यक्षलाई आफ्नो कार्यकारी अधिकार प्रयोग गर्ने जुन जिम्मेवारी दिइएको छ त्यसरी काम नगरी सरकारमै केन्द्रित हुँदा समस्या भएको हो।

बहुमत अल्पमतमा गए पार्टी एकता भंग हुन्छ  !

त्यसपछि उहाँहरु हामी जस्तै स्थायी कमिटीमा झर्नुपर्यो, अनि हामी के ठीक के बेठीक निर्णय गर्छौं नि१ मलाई फेरि पनि सोध्नुहुन्छ भने हाम्रो एकताको आधार भदौ २६ को निर्णय हो, त्यसमै टेकेर बढ्नुपर्छ।

यसको निष्कर्ष भनेको आगामी चैतमा हुने भनिएको एकता महाधिवेशन नै हो। त्यसका लागि अहिलेको तदर्थमा रहेको नेतृत्वलाई पूर्णता दिनुपर्छ। त्यसपछि हामी जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तलाई लिएर जान सक्छौं।

त्यसपछि जति बहुमत र अल्पमत गरे पनि हुन्छ। अहिले त एकताको आधार सहमति भनेका छौं। कमिटी सहमतिमा बनाएका छौं। अनि अहिले मन मिल्ने मान्छेका टाउको गनेर को बढी को कम भनेर हिसाब किताब गर्न थालेका छौँ। हिसाबकिताब गर्न थाल्ने हो भने धेरै आधार फुक्लिहाल्छ नि १ त्यसरी अघि बढ्नु हुन्न भन्ने हो।

१३ लाख र ३२ लाखको हिसाबमा नजाऔँ

एक अध्यक्षले अर्को अध्यक्ष विरुद्ध आरोप लगाउने र अर्कोले जवाफ फर्काउन पर्ने परिस्थितिमा जानु नै दुःखद र नराम्रो हो। हामीले दुई पार्टीको एकता गर्दा न त संख्याको हिसाब गरेका थियौं न त यसरी आरोप प्रत्यारोपको परिकल्पना नै। हामीले त दुई ठूला कम्युनिष्ट आन्दोलन र दुई ठूला धारको एकता गरेका थियौं ।

एकताको हाम्रो आधार नै सहमति थियो। र, सहमतिअघि हामीले गठबन्धनमा प्रवेश गरेपछि हाम्रा कार्यकर्ता र जनतामा २००६ सालमा कमरेड पुष्पलालले नेकपा बनाउँदा भन्दा धेरैमाथिको उत्साह सिर्जना गरेका थियौं।

कानुनी हिसाबले पार्टी दुईटा थिए तर नेता कार्यकर्ता एउटै पार्टीको जस्तो गरी ०७४ को चुनावमा लाग्नुभएको थियो । त्यो अनुभवका आधारमा ०७५ जेठ ३ गते एकता गर्दा संख्यामा तत्कालीन माओवादी केन्द्रले प्राप्त गरेको १३ लाख र तत्कालीन नेकपा एमालेले प्राप्त गरेको ३२ लाखको हिसाबमा नजाऔँ हामी भावनामा जाऔँ र दुई आन्दोलन जोडेर २००६ सालको नेकपाजस्तो बनाऊँ भन्ने उत्साहका साथ काम र्गयौँ।

त्यो उत्साहले नै जनतालाई माया गर्न र झण्डै दुईतिहाइ बहुमत नजिक भोट दिए। हामीले २९४ वटा कुरा त भनेकै थियौं, ०५१ सालमा अल्पमतको सरकार बन्यो, जसले डेलिभरी गर्न पाएनौँ र तपाईंहरुको सपना पूरा गर्न सकेनौँ, त्यसकारण बहुमतको सरकार दिनुस् भन्यौँ ।

प्रचण्डलाई आरोप पत्र बाँड्न गल्ति भयो ?

हाम्रो सचिवालयले पटक–पटक गल्ती गरेको छ। पहिलो गल्ती अध्यक्ष कमरेड प्रचण्डलाई त्यसरी आरोप पत्र बाँड्न दिनु हुँदैनथ्यो, अर्को गल्ती १० दिनको समय दिएर प्रधानमन्त्री कमरेडलाई खण्डन गर्ने समय दियो।

औपचारिक ढंगले त्यसलाई पेस गर्ने र औपचारिकता दिने काम गर्यो। त्यो विषय सचिवालय बैठकमा छलफल हुनुअघि अनधिकृत रुपमा किताब नै छापेर पार्टी कार्यकर्तासम्म र्पुयाउन जुन अनुमति दिएको छ। त्यसबारे केही बोलेको छैन।

अहिले दुवै अध्यक्षका प्रस्ताव र प्रतिप्रस्ताव आरोप र जवाफका पत्रहरू आफ्नो ठाउँमा राखेर जाने हो भने, बाँकी ७ जना सचिवालय सदस्यले आफ्नो विवेक प्रयोग गर्नुपर्यो र पार्टीलाई एकताबद्ध राख्न गैरराजनीतिक, आग्रहपूर्वक र विग्रहकारी भाषा राख्नहुन्न भन्ने संकल्प गर्नुर्पयो।

यहाँ त दुई नेताको कुरा मात्र छैन, पछाडि बसेर काखी ठोक्ने र सिठी मार्ने साथीहरुको बढी ठूलो अप्ठेरो देखिरहेको छु। यदि उहाँहरु आफूले उठाएका समस्या समाधान गर्ने तहमा हुनुहुन्न भने नेतृत्व गर्ने क्षमता गुमाए भनेर स्वीकार गर्नुर्पयो।

त्यसपछि उहाँहरु हामी जस्तै स्थायी कमिटीमा झर्नुपर्यो, अनि हामी के ठीक के बेठीक निर्णय गर्छौं नि१ मलाई फेरि पनि सोध्नुहुन्छ भने हाम्रो एकताको आधार भदौ २६ को निर्णय हो, त्यसमै टेकेर बढ्नुपर्छ।

नेकपाको विवादले यतिबेला सचिवालय बैठकमा प्रवेश पाएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लिखित रुपमै आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद छताछुल्ल भइसकेको छ।

पछिल्लो पटक दुवै अध्यक्षका प्रतिवेदनमाथि सचिवालयमा छलफल हुन थालेपछि नेकपाको विवाद तत्कालका लागि समाधान हुने अनुमान गर्न थालिएको छ। तर दुई अध्यक्षको आपसी विवादले पार्टी र सरकारको काममा गम्भीर असर परेको छ। प्रहार न्यूजबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्