सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

gold pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सयले उकालो लागेको छ। छापावाला सुन मंगलबारका तुलनामा प्रतितोला ५ सयले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ।

छापावाला सुन मंगलबार प्रतितोला ९० हजार ५ सयमा कारोवार भएको थियो। सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ९० हजार ५० मा मंगलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ।

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ। चाँदी प्रतितोला एक हजार १५५ मा मंगलबार कारोवार भएको थियो। चाँदी प्रतितोला ३० ले वृद्धि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्