२५ बैंकको लाभांश प्रस्ताव, कुन बैंकको कति ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। २५ वाणिज्य बैङ्कले चालु यस वर्षको लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ती बैङ्कहरुले शेयरधनीलाई दिने प्रतिफलको घोषणा गरेका हुन्। अब राष्ट्रिय वाणिज्य बैङ्क र सिभिल बैङ्क समेत दुईवटा बैङ्कले मात्रै लाभांश घोषणा गर्न बाँकी छ। त्यसमध्ये सिभिल बैङ्कको मात्रै दोस्रो बजारमा सूचीकृत कम्पनी हो। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणलाई हालसम्म सेयर निष्कासन गरेको छैन।

२५ वाणिज्य बैङ्कहरुले हालसम्म कुल ३८ अर्ब ४६ करोड रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांशमध्ये ३० अर्ब ७९ करोड रुपैयाँ बराबर बोनस सेयर र ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको नगद लाभांशको रहेका छन्। नगद लाभांशमा कृषि विकास बैङ्कले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयरमा दिइने लाभांश समेत जोडिएको छ। यो सेयरको लाभांश ६ प्रतिशत तोकिएको छ। सरकारले लगानी गरेको उक्त सेयरमा कृषि विकास बैङ्कले वार्षिक रुपमा ३६ करोड रुपैयाँ सरकारलाई बुझाउँछ।

बोनस सेयरलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिसँगै यो वर्ष कुल लाभांशको करिब ८१ प्रतिशत बोनस सेयर दिइएको छ। राष्ट्र बैङ्कले बैङ्कहरुलाई कुल लाभांशको ३० प्रतिशत भन्दा बढी नगल लाभांश दिन नपाउने व्यवस्था गरेको थियो । यसअनुसार ३८ अर्ब ४६ करोडको लाभांशमध्ये ३० अर्ब ७८ करोड लाभांश थपिएको हो।

अघिल्लो वर्ष सञ्चालनमा रहेका २८ वाणिज्य बैङ्कहरुले ४६ अर्ब २८ करोड लाभांश दिएका थिए। यो लाभांशमध्ये करिब २० अर्ब ८१ करोड रुपैयाँ बराबरको बोनस सेयर थियो। यो कुल लाभांशको करिब ४५ प्रतिशत मात्रै हो। बाँकी ५५ प्रतिशत बराबर हुने २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिएको थियो।

बैङ्कहरुले ७.५ प्रतिशतदेखि ३५.२६ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन्। बोनसतर्फ ५ प्रतिशतदेखि ३३.५ प्रतिशतसम्म प्रस्ताव गर्दा नगद लाभांशतर्फ शुन्य प्रतिशतदेखि ५.५ प्रतिशतसम्म लाभांश दिने प्रस्ताव गरिएको छ। हालसम्म लाभांश घोषणा गरेका बैङ्कहरुको औसत प्रतिफल १३.६४ प्रतिशत रहेको छ। यसमध्ये ११.०२ प्रतिशत बोनस सेयर र २.६२ प्रतिशत नगद लाभांश छ। कोभिड महामारीका बाबजुद यो वर्ष ४ बैङ्कको नाफा अघिल्लो वर्षभन्दा बढी देखिएको छ।

कुन बैङ्कको कस्तो छ अवस्था ?

नबिल बैङ्क

यो वर्ष नबिल बैङ्क वाणिज्य बैङ्कहरुमध्येकै सबैभन्दा धेरै लाभांश दिने बैङ्क बन्न सफल भएको छ। यो बैङ्कले ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। अरु प्रतिस्पर्धी बैङ्कहरुले यो वर्ष अधिकतम २० प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेका छन्।

बैङ्कले प्रस्ताव गरेको लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। अघिल्लो वर्ष यो बैङ्कले ३४ प्रतिशत लाभांश दिएको थियो । सोमध्ये १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद थियो।

हाल नबिल बैङ्कको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १३ अर्ब ४८ करोड पुग्नेछ।

एनआईशी एशिया बैङ्क

एनआईशी एशिया बैङ्कले यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश तोकिएको छ। अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिएको थियो।

एआईशी एशिया बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५६ करोड पुग्नेछ।

हिमालयन बैङ्क

हिमालयन बैङ्कले पनि यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगदसहित २२ प्रतिशत लाभांश दिएको थियो।

हिमालयन बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ६८ करोड पुग्नेछ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क

नेपाल इन्भेष्टमेन्ट बैङ्क यो वर्ष लाभांश वितरणमा चौथो बन्दै १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगदसहित १९ प्रतिशत लाभांश दिएको थियो।

नेपाल इन्भेष्टमेन्ट बैङ्कको हालको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब १० करोड पुग्नेछ।

एनएमबि बैङ्क

एनएमबि बैङ्कले यो वर्ष १६.२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिएर वाणिज्य बैङ्कमध्येकै सबैभन्दा धेरै लाभांश दिने बैङ्क बनेको थियो।

एनएमबि बैङ्कको हालको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब ३२ करोड पुग्नेछ। अघिल्लो वर्ष यो बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई आफूमा गाभेको थियो।

ग्लोबल आईएमई बैङ्क

ग्लोबल आईएमई बैङ्कले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो।

ग्लोबल आईएमई बैङ्कको हालको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ छ। जनता बैङ्कलाई आफूमा गाभेको यस बैङ्कसँग अहिले नै धेरै चुक्ता पुँजी छ । बैङ्कको प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६३ करोड पुग्नेछ। यो नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैङ्क समेत हो।

बैङ्क अफ काठमाण्डू

बैङ्क अफ काठमाण्डूले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगदसहित १७ प्रतिशत लाभांश दिएको थियो ।

बैङ्क अफ काठमाण्डूको हालको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६५ करोड पुग्नेछ ।

नेपाल बैङ्क

बहुसंख्यक सरकारी स्वामित्वको नेपाल बैङ्कले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश छ । लामो समयदेखिको सिञ्चित घाटालाई पूरा गर्दै अघिल्लो वर्ष बैङ्कले पहिलोपटक १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल बैङ्कको हालको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड पुग्नेछ।

कृषि विकास बैङ्क

कृषि विकास बैङ्कले यो वर्ष १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगदसहित ३० प्रतिशत लाभांश दिएको थियो।

६ अर्बको अभिमोच्य अग्राधिकार सेयरबाहेक बैङ्कसँग हाल ८ अर्ब ९८ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३३ करोड पुग्नेछ।

सिद्धार्थ बैङ्क

सिद्धार्थ बैङ्कले यो वर्ष १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगदसहित २५.२६ प्रतिशत लाभांश दिएको थियो ।

सिद्धार्थ बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ९६ करोड पुग्नेछ।

प्राइम कमर्सियल बैङ्क

प्राइम कमर्सियल बैङ्कले यो वर्ष १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १५ प्रतिशत बोनस सेयर र शुन्य प्रतिशत नगद लाभांश छ। बैङ्कको बनेजस पाउन शेयरधनीले ०.७५ प्रतिशत नगद बुझाउनुपर्नेछ। अघिल्लो वर्ष बैङ्कले १६ प्रतिशत बोनस सेयर र शुन्य प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिएको थियो।

प्राइम कमर्सियल बैङ्कको हालको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब ८ करोड पुग्नेछ। अघिल्लो वर्ष यो बैङ्कले कैलाश विकास बैङ्कलाई आफूमा गाभेको थियो।

कुमारी बैङ्क

कुमारी बैङ्कले यो वर्ष १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगदसहित १०.५२ प्रतिशत लाभांश दिएको थियो।

कुमारी बैङ्कको हालको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १३ अर्ब ८७ करोड पुग्नेछ। अघिल्लो वर्ष यो बैङ्कले देवः विकास बैङ्कलाई आफूमा गाभेको थियो।

सानिमा बैङ्क

सानिमा बैङ्कले यो वर्ष १३.६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिएको थियो।

सानिमा बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६८ करोड पुग्नेछ।

मेगा बैङ्क

मेगा बैङ्कले यो वर्ष १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले शुन्य प्रतिशत बोनस सेयर र ११.७५ प्रतिशत नगदसहित ११.७५ प्रतिशत लाभांश दिएको थियो।

मेगा बैङ्कको हालको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ। मेगा बैङ्कले गत वर्ष गण्डकी विकास बैङ्कलाई आफूमा गाभेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्क

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले यो वर्ष ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले शुन्य प्रतिशत बोनस सेयर र २२.५ प्रतिशत नगदसहित २२.५ प्रतिशत लाभांश दिएको थियो। पर्याप्त नगद लाभांश दिन नपाउँदा बैङ्कले यो वर्ष लाभांश सीमित गरिदिएको हो।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ५७ करोड पुग्नेछ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कले यो वर्ष ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये ९.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिएको थियो।

लक्ष्मी बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ८४ करोड पुग्नेछ।

सिटिजन्स बैङ्क

सिटिजन्स बैङ्कले यो वर्ष ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ। अघिल्लो वर्ष बैङ्कले ३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिएको थियो।

सिटिजन्स बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८१ करोड पुग्नेछ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कले यो वर्ष १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ प्रतिशत नगद लाभांश छ । केही समय अघि मात्रै बैङ्कले अघिल्लो वर्षको १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगदसहित १५.७८ प्रतिशत लाभांश दिएको थियो ।

एनसीसी बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड पुग्नेछ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कले यो वर्ष १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो ।

एभरेष्ट बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ९३ करोड पुग्नेछ ।

प्रभु बैङ्क

प्रभु बैङ्कले यो वर्ष १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगदसहित १६.८४ प्रतिशत लाभांश दिएको थियो ।

प्रभु बैङ्कको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ११ अर्ब ३४ करोड पुग्नेछ ।

माछापुच्छ्रे बैङ्क

माछापुच्छ्रे बैङ्कले यो वर्ष १०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिएको थियो ।

माछापुच्छ्रे बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५ करोड पुग्नेछ ।

नेपाल एसबीआई बैङ्क

नेपाल एसबीआई बैङ्कले यो वर्ष ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगदसहित १६.८४ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल एसबीआई बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ९५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४९ करोड पुग्नेछ ।

नेपाल बंगलादेश बैङ्क

नेपाल बंगलादेश बैङ्कले यो वर्ष ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल बंगलादेश बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ पुग्नेछ ।

सनराइज बैङ्क

सनराइज बैङ्कले यो वर्ष ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश दिएको थियो ।

सनराइज बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४८ करोड पुग्नेछ ।

सेञ्चुरी कमर्सियल बैङ्क

सेञ्चुरी कमर्सियल बैङ्कले यो वर्ष ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष २ प्रतिशत बोनस सेयर र ४.७५ प्रतिशत नगदसहित ६.७५ प्रतिशत लाभांश दिएको थियो ।

सेञ्चुरी कमर्सियल बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ८३ करोड पुग्नेछ ।

स्राेत:- शंकर अर्याल / राताेपाटी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्