सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

  • 47
    Shares
0

काठमाडौं, २७ पुस। सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि भएको हो।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० तोकेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९०० ले घटेको थियो ।

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुन शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो। पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला चारले वृद्धि भएको छ। महासङ्घले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ८९० तोकेको छ। पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ। रासस

Comments
Loading...
You might also like