खाना अपचको छ कारण र निम्त्याउने पाँच रोग

  • 41
    Shares
0

काठमाडौं। हामीले जे जति खानेकुरा खान्छौं, पाचन यन्त्रले त्यसबाट शरीरलाई आवश्यक पोषण तत्व ग्रहण गर्छ। त्यही पोषण तत्वले हामीलाई निरोगी एवं तन्दुरुस्त राख्छ। तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन। जब खाना पच्दैन, त्यो विकार दिसा-पिसाबको माध्यामबाट बाहिर निस्कन्छ।

खाना नपच्नु भनेको शरीरमा आवश्यक पोषण तत्वको अभाव हुनु पनि हो। त्यसो भयो भने, हामी रोगी हुनेछौ। अपच खानेकुरा विकारको रुपमा शरीरभित्रै जम्छ। यसले शरीरलाई विषाक्त बनाउँछ। त्यसैले स्वस्थ्य एवं निरोगी जीवनका लागि खानेकुरा राम्ररी पचाउने क्षमता हुनैपर्छ।

तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन। किनभने, हामीले पचाउन गाह्रो हुने खानेकुरा सेवन गर्छौं। जस्तो कि, तारेको, भुटेको, मसलेदार, जंक फूड, प्याकेटबन्द खानेकुरा आदि। अर्कोकुरा, हाम्रो पाचन यन्त्र नै कमजोर भइदिन्छ। जब पाचन यन्त्र कमजोर हुन्छ, सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुन्छ।

आवश्यकता भन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचन तन्त्रले खानालाई सही तरीकाले पचाउन सक्दैन। त्यसबाहेक, कलेजोमा रहेका इन्जाइमले सही तरीकाले काम गर्न नसकेको अवस्थामा अपचको समस्या निम्तने गर्छ। जुन निकै पिडादायक हुन्छ।

खाना राम्रोसँग नपच्ने आम समस्या बन्दै गएको छ। कहिले काहीँ बढी खानु पनि समस्या बन्न सक्छ। चिल्लो, मसलेदार र गलत तरिकाले खानेकुरा सेवन गर्दा खाना राम्रोसँग पच्दैन। यतिमात्र नभएर कलेजोमा भएका सबै इन्जाइमले राम्रोसाग काम नगरेको अवस्थतामा अपचको समस्या हुन्छ। जसले निकै दुख दिने गर्छ। ग्यासट्राइटिस, पोट पोल्ने, एसिडिटीलगायत समस्या अपचका लक्षण हुन्।

अपचको अर्को कारण

भोजनमा फाइवरको मात्रा कम हुभएमा चिनीको मात्रा बढी भएमा पाचनसम्बन्धि समस्याा आउन सक्छ। पोषण तत्वको कमी र उच्च क्यालोरीयुक्त आहारले पनि शरिरमा नराम्रो वयाक्टेरियाको मात्रा बढेर जान्छ। जसले गर्दा आन्द्राको कममा पनि क्षती पुग्न जान्छ।

पाचन प्रक्रियामा बाधा उत्पन्न गर्ने औषधीको बढी प्रयोगले पनि अपचको समस्या सामना गर्नुपर्छ। एस्पिरिन र प्रिलोसेकजस्ता औषधीको अत्याधिक सेवनले पाचन प्रणालीलाई विगार्ने काम गर्छ। पारा र मोल्ड टाक्सिनको मात्राले पनि पाचन प्रक्रियालाई विगार्ने काम गर्छ।

तनावको कारण पनि नर्व सिस्टममा असर पुग्न जान्छ। जसले पाचन प्रक्रियालाई विगार्ने काम गर्छ। यसको साथै पेटमा व्याक्टेरियाको सन्तुलन पनि विग्रेर जाने गर्छ।

लाग्छन् यस्ता रोग

  • एलर्जी
  • अर्थराइटिस
  • आन्टोड्म्युन डिजिज
  • छालाको इन्फेक्सन
  • थकाई र मुड डिसअर्डर

हाम्रो सम्पूर्ण स्वास्थ्यको नियन्त्रण पाचन प्रक्रियामा निर्भर हुन्छ। कलेजोको मेटावोलिज्मको बायप्रोंडक्टको रुपमा पित्तले काम गर्छ। यदि यसले उल्टो असर देखाएमा कब्जियतको समस्या हुन जान्छ। कब्जियतको कारण शरिरमा विषालु तत्वको मात्रा बढेर जाने गर्छ।

हाम्रो पेटमा ब्याक्टेरियाका पाँच सय प्रजाति हुन्छन्। जसले खानालार्य पचाउनको लागि मदत पुर्‍याउँछ। यसका साथै व्याक्टेरियाले हार्मोनलाई सन्तुलनमा राख्ने, टाक्सिनलार्य वाहिर निकाल्ने र भिटामिनलगायतका तत्वको निर्माणमा पनि सहयोग पुर्‍याउने गर्छ।

जसले पाचन प्रक्रिया र स्वास्थ्य स्वस्थ रहने गर्छ। यदि स्वास्थ्यमा प्यारासाइट्स वा यीस्ट जस्ता नकरात्मक व्याक्टेरियाको मात्रा बढेमा, ल्याक्टोवासिलन वा विफिडो ब्याक्टेरियाले राम्रोसँग काम नगरेको अवस्थामा पनि स्वास्थ्य विग्रदै जान्छ।

Comments
Loading...
You might also like