निर्वाचन आचारसंहिता लागू

nirbachan-aayog
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक लगायतलाई आचारसंहिता लागू भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई पनि आचारसंहिता लागू हुन्छ।

आचारसंहिता लागू भए पछि सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्