भारतले पाम आयल आयात रोकेसँगै व्यापार घाटा पुनः बढ्ने

  • 26
    Shares
0

काठमाडौं, २७ पुस। भारतले पाम आयात रोकेसँगै नेपालको व्यापार घाटा भने पुनः बढ्ने देखिएको छ।पछिल्ला केही महिना देखि नेपालको निर्यातमा केही सुधार आई व्यापार घाटा केही घट्दै गएको देखिएको थियो। यसमा मूख्य कारण पाम आयल निर्यात नै रहेको थियो।

पछिल्लो समय नेपालको निर्यातको २५ प्रतिशत भन्दा बढी हिस्सा पाम आयलको रहेको थियो । चालु आर्थिक वर्षको ५ महिनाको अवधिसम्म नेपालको कूल निर्यात ४७ अर्ब ६१ करोड रहेकोमा पाम आयल मात्र साढें ११ अर्बको निर्यात भएको थियो। यो सँगै नेपाली उद्योगी, व्यवसायीहरु पनि लगानी डुब्ने चिन्तामा परेका छन्।
पूर्वी नेपालमा रहेका ५ उद्योगको ८ अर्ब रुपैया बराबरको कच्चा पदार्थसमेत संकटमा पर्ने देखिएको बताइएको छ।

पाम आयल निर्यात गर्ने उद्योगले कम्तीमा तीन महिनाका लागि कच्चा पदार्थको मौज्दात राख्ने गरेकाले व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको क्वालिटी आयल रिफाइनरी प्रालिका सञ्चालक घनश्याम काबराले बताए। सुनसरी मोरङ करिडोर क्षेत्रका पाँच वटा उद्योगले पाम आयल भारत निर्यात गर्दै आएका थिए भने १६ उद्योग थपिने क्रममा छन्।

भारतले अचानक पाम आयल आयात रोकेपछी यसको असर लागनीकर्तासँगै देशको अर्थतन्त्रमा समेत असर पर्ने भन्दै तत्काल सरकारले निर्यात खुलाउन कूटनीतिक पहल थाल्नुपर्ने उद्योग संगठनका अध्यक्ष भीम घिमिरेको भनाइ छ। चालु आर्थिक वर्षको ५ महिनामा विराटनगर नाकाबाट मात्रै साढे चार अरब बराबरको पाम तेल भारत निर्यात भएको रानी भन्सार कार्यालयको तथ्यांक रहेको छ ।

Comments
Loading...
You might also like