वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाल

phuyal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । लामो समयदेखि रिक्त रहेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त भएका छन्। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको बागमती प्रदेशका प्रमुख सचेतक रहेका फुयाललाई प्रदेश सरकारको बैठकले नियुक्त गरेको हो । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्थपछि उक्त मन्त्रालयको काम पौडेल आफैले सम्हाल्दै आएका थिए।

फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नेका हुन् । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्