अमेरिका ३५ रनमा अलआउट

  • 30
    Shares
0

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ। नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारीले चम्किएपछि १२औं ओभर अमेरिका ३५ रनमै अलआउट भयो।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए। यस्तै सुशन भारीले ४ विकेट लिए।

Comments
Loading...
You might also like