सन्दीप बने सर्वाधिक विकेट लिने पहिलो नेपाली खेलाडी

  • 132
    Shares
0

काठमाडौं। सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन्।

नेपालमा भइरहेको आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन्।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे। उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन्।

यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए। गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए।

सन्दीप र सुशनले धातक बलिङ गर्दै १० विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा अलआउट गरेको हो। ओडीआई क्रिकेट इतिहासमा यो विश्वकै सबैभन्दा कम स्कोरको बराबरी हो। यसअघि सन् २००४ मा जिम्बावे श्रीलंका विरुद्ध १८.४ ओभरमा ३५ रनमै अलआउट भएको थियो।

Comments
Loading...
You might also like