१ करोड मूल्यको सुनसहित तीन पक्राउ

  • 26
    Shares
0

काठमाडौं, २९ माघ। एक करोड मूल्यको सुनसहित तीन जना पक्राउ परेका छन्। १ करोड मूल्य बराबरको सुनसहित तीन भारतीय नागरिक पक्राउ परेका हुन्।

महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार (आज) थानकोट सतुंगलबाट पक्राउ गरेको हो। एक जना मंगलबार पक्राउ परेका थिए। पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो। उनको बयानपछि आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए।

Comments
Loading...
You might also like