छ महिनाको मूल्यवृद्धि कति प्रतिशतले बढ्यो ?

  • 29
    Shares
0

काठमाडौं, २९ माघ। अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि केही बढेको बताएका छन्। चालू आर्थिक वर्षको पहिलो छ महिनाको मूल्यवृद्धि ६.२ प्रतिशत कायम भएको छ।

अघिल्लो वर्षको यही अवधिमा ४.१ प्रतिशतको मूल्यवृद्धि थियो। अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा खतिवडाले केही खाद्यन्नमा बढेको मूल्यका कारण समग्र सूचकमा प्रभाव परेको बताएका हुन्।

छ महिनामा सार्वजनिक खर्च तथा आम्दानी दुबै घटेको छ। मन्त्री खतिवडाकाअनुसार पुस मसान्तसम्म कूल विनियोजित बजेटको ३२ प्रतिशतमात्र खर्च भएको छ।

सरकारले यो वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजिन गरेको थियो। यसमध्ये सरकारले पूँजीगत खर्च १५ प्रतिशतमात्र गरेको छ।

Comments
Loading...
You might also like