एनआईसी एशिया बैंकका सञ्चालक सम्मानित

  • 78
    Shares
0

काठमाडौं, २९ माघ। एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित भएका छन्। मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएवापत नेपाल सरकारको महत्वपूर्ण व्यावसायिक व्यक्ति ( Commercially Important Person-CIP) सम्मानबाट विभूषित भएका हुन्।

सीआईपी सम्मान नीजि क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो। नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरेका थिए। 

उनी अध्यक्ष रहेको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो।
बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित भएकामा एनआईसी एशिया बैंक परिवारले संघईलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि उनलाई थप प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेको छ।बैंकका सञ्चालक रामचन्द्र संघईलाई सम्मान गरेकोमा यस बैंक नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छ।

साथै, यस सम्मानबाट विभुषित भएका ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुविधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धीत सबै समारोहहरुमा प्राथमिकताका साथ आमन्त्रण र आसन ग्रहणको व्यवस्थालगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्था रहेको छ। यस्तो व्यावस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुने बैंकले विश्वास लिएको छ। देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने पनि बैंकले विश्वास लिएको छ।

Comments
Loading...
You might also like