गलकोटमा शैक्षिक प्रदर्शनी तथा बाल मेला सम्पन्न

  • 40
    Shares
0

थम्मन थापा/ बागलुङ, २९ माघ । गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी तथा बाल मेला सम्पन्न भएको छ। नगरपालिका भित्रका माध्यमिक, आधार र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो।

माघ २७ गते देखि शुभारम्भ रहेको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो। शैक्षिक प्रदर्शनी तथा बाल मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता र ज्ञान अनि सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताए। शैक्षिक प्रदर्शनी तथा बाल मेलाको अवसरमा दोस्रो नगर प्रमूख रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको थियो।

जसमा विद्यालय स्तरिय पुरुष भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, हाई जम्प लगायतका प्रतियोगिता सञ्चालन भएका थिए। प्रतियोगितामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रह्यो। उनीहरुले आफना प्रतिभाहरु खुलेर प्रशंसनीय ढंगले प्रस्तुत गरे। विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगका कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सनौलो अवसर थियो शैक्षिक प्रदर्शनी तथा बाल मेला।

मेलामा जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक, विद्यार्थी तथा आम दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो। मेलाले गलकोट नगरपालिकाको शैक्षिक गुणस्तर अभिवद्वि सँगै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई समेत प्रस्फुटन गरेको छ। मेलामा विद्यार्थीहरुले कृषि उत्पादन, विभिन्न भौतिक पूर्वाधार, स्मार्ट सिटी, रिसोर्ट, आ(आफना विद्यालय, विभिन्न प्राविधियुक्त उपकरण, नेपालको नक्सा, रङगी विरङगी फूलहरु, विद्युतिय मोटर, पंखा, ईलक्ट्रिक रेल लगायतका सयौं वस्तुहरु प्रदर्शनीका लागि ल्याएका थिए।

विद्यार्थीहरुले आफना प्रतिभाहरु प्रस्तुत गर्न पाउँदा खुसीसमेत व्यक्त गरेका छन्। मेला सफल पार्न गलकोट नगरपालिका नगर कार्यपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले निकै मेहनत गरेका थिए। मेलामा विभिन्न प्रतियोगिता, प्रदर्शनीमा उत्कृष्ट हुने समूह विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो।

नगरपालिका संघ गण्डकी प्रदेश संयोजक एवं गोरखा पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कँडेलको प्रमूख आतिथ्यतामा भएको कार्यक्रम गलकोट नगरपालिकाका मेयर भरत शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रवक्ता हिम बहादुर भण्डारी, गलकोट माध्यमिक विद्यालयका शिक्षक पुरन घर्ती मगरलगायतले मनतव्य राखेका थिए।

Comments
Loading...
You might also like