समाज

मिर्गौला प्रत्यारोपण आरोपमा चार चिकित्सक पक्राउ

Purano-medical-college-old-cms

काठमाडौं, २८ असार। नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन्।अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो। पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन्। उनीहरु शनिबार साँझ पक्राउ परेका हुन्।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार मिर्गौला प्रत्यारोपणको घटना एक वर्षअघिको हो। श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन्। श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि अनौपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने जनाएको छ। मिर्गौला प्रत्यारोपणमा मतियार बनेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन्।

लेखकको बारेमा

लाेकपाटी न्यूज