समाज

बुटवल-भैरहवा रूटमा चले सार्वजनिक बस, कति रुपैयाँ बढ्यो भाडा ?

bus-gadi-yatayat
  • 130
    Shares

बुटवल, २८ असार। बुटवल–भैरहवा रूटमा सार्वजनिक बस सञ्चालनमा आएको छ। मेट्रोसिटी प्रालिले एसी बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको हो।

बुटवल भैरहवा सडकमा साढे ३ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो। चैत ११ गते लकडाउन हुनुअघि ८ गतेदेखि सार्वजनिक यातायात बन्द भएका थिए। गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी बस सञ्चालनमा ल्याएको मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए।

सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर गाडी सञ्चालनमा ल्याएको अधिकारीले बताए। समिति मातहतमा ८ वटा एसी बस छन्। ती गाडी एकरएक घण्टामा छुटनेछन्। अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ। ३० रुपैयाँ भाडा बढेको हो। सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो।

लेखकको बारेमा

लाेकपाटी न्यूज