राजनीतिक दल

साझा पार्टी छाडे सूर्यराज आचार्य र मुमाराम खनालले

mumaram&suryaraj
  • 55
    Shares

काठमाडौं, २८ असार। साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले आइतबार पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा दुवैजनाले पार्टीबाट अलग्गिने बताएका हुन्।

साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो। मिश्रलगायत १५ सदस्यीय सचिवालयको बहुसंख्यक टिम विवेकशीललगायतका मन र विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरेर अगाडि बढ्ने पक्षमा छन्।

सहप्रवक्ता सरदराज पाठकले भने,‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो। वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी संरचना बाहिर बसेर सहयोग गर्ने भन्नुभएको छ।’

आचार्य-खनालले भने पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए। यसरी समिति भंग गरिसकेपछि देशव्यापी छलफल र परामर्श गरेर पार्टी पुनर्गठन गर्ने उनीहरूको सुझाव थियो।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्