पोखरेल एआइजी बढुवामा सिफारिस

bishworaj_pokharel
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। दुई साताअघि थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी विश्वराज पोखरेलको बढुवा सिफारिस भएको छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो।

उनलाई नै बढुवा गर्न दुई साताअघि सरकारले एआइजीको दरबन्दी थप गरेको थियो। गृह मन्त्रालयको प्रस्तावविना नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थप भएको थियो।

हालका प्रहरी महानिरीक्षकपछि पोखरेललाई आइजिपी बनाउन दरबन्दी नै थपेर बढुवा गरिएको स्रोत बताउँछ। यसले प्रहरी संगठनलाई भने कमजोर बनाउने प्रहरी अधिकारीको चिन्ता छ। यसअघि पनि दुई ब्याच मिचेर उनलाई डिआइजीमा एकल बढुवा गरिएको थियो।