काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ।
राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। भोलि मौसम खासै प्रभावित नहुने भएपनि पर्सि भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।