बुटवलमा कोरोना संक्रमित थप दुईको मृत्यु

corona-death
  • 15
    Shares
लोकपाटी न्यूज

बुटवल। बुटवलमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ। रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको हो।

बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन्।

उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन्।

यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताए। उनी मधुमेहको दीर्घ रोगी थिइन्। योसँगै कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्