अत्याधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो

Death pic
सांकेतिक चिन्ह
  • 11
    Shares
लोकपाटी न्यूज

अछाम। जिल्ला अस्पताल मंगलसैनमा अत्याधिक रक्तश्रावका कारणले एक सुत्केरी महिलाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका ४ का ३८ वर्षीया नामसरा कामीको सुत्केरी भएर अत्याधिक रक्तश्राव हुँदा सोमबार राती मृत्यु भएको हो।

सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि सोमबार बेलुका जिल्ला अस्पतालमा ल्याएको र सोमबार राती १२ बजे नामसराको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमिक्त प्रमुख डा.अतुल भारद्धाजले बताए।

जिल्ला अस्पताल अछामका अनुसार नामसरा छैटौं पटक आमा बन्न लागेकी थिइन्। अस्पतालमा रगतको अभाव हुँदा नामसराको मृत्यु भएको रगतको व्यवस्थापन गर्न नसकिएको डा.भारद्धाजले बताए। शिशुको पेटमा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्