विश्वभर ६ करोड ३५ लाखमा कोरोना संक्रमण, मृत्यु हुने कति ?

corona_test
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विश्वभर ६ करोड ३५ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३५ लाख ८४ हजार ४३० जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ९५ हजार ८९१ जना संक्रमित भएका छन्। यो समाचार तयार पार्दासम्म ४ करोड ३९ लाख ७३ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन्।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ७३ हजार ७३८ संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २८८ जनाको मृत्यु भएको छ।

हाल विश्वभर १ करोड ८१ लाख ३१ हजार २६९ जना उपचाररत छन्। यसमध्ये १ लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्