बाँके र रौतहटमा दुई समूहबीच झडप, दुईको मृत्यु, नौ घाइते

jhadap-kutakut
सांकेतिक तस्विर
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समूहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्। सोमबार साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ।

यादवको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए। मृतक यादवको टाउकोमा चोट लागेको थियो। पूर्णिमाको अवसरमा हिजो बेलुका गुरुवा गाउँ मेला लागेको थियो। सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण दुई समुहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका ९ जनाको बाँकेमा उपचार भइरहेको छ। घटनामा संलग्न दुवै ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटको वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा मृत्यु भएको छ।

उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। सामान्य विवादमा उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्