कमिटीबाटै निकास खोज्ने बैठकको निर्णय

नेकपाको सचिवालय बैठक २०७७ मंसिर १६ (2)
  • 264
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १६ मंसीर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक भर्खरै सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका प्रस्तावमाथि छलफल भएको छ।

बैठकमा ओली र प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि औपचारिक रुपमा छलफल भएको छ। बैठकले नेताहरुबिच अनौपचारिक छलफल हुने पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा आफ्नो धारणा राखेका थिए। यसका साथै सचिवालयका नेताहरुले पनि ओली र प्रचण्डको प्रस्तावमाथि संक्षिप्त धारणा राखेका थिए।

प्रतिगामी शक्तिहरुले नेपालमा फेरि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ। लोकतान्त्रिक प्रक्रियामा कमजोरी भएका छन् भने त्यसमाथि विचार हुन्छ। तर, विस्थापित शक्तिहरुले फेरि स्थापित हुने सपना नदेखे हुन्छ।

बैठक भोलि (बुधबार) दिउँसो १ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठकमा नेताहरुले औपचारिक बैठकका साथै अनौपचारिक छलफल पनि गरेर जाँदा पार्टीभित्रको संकट समाधान गर्न सजिलो हुने धारणा राखेका थिए।

ओली र प्रचण्डले अलगअलग प्रस्ताव प्रस्तुत गरेपछि नेकपाका केही नेताहरुले २ अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन सुझाएका थिए। तर, प्रस्तावहरु औपचारिक रुपमा टेबुल भएर छलफलको प्रक्रिया अगाडि बढेकाले बैठकबाटै निकास दिनुपर्ने पक्षमा नेताहरु देखिएका छन्।

बुधबार सचिवालय सदस्यहरुले प्रस्तावमाथि गम्भीर रुपमा आफ्ना विषय राख्ने कार्यसूचि रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार तोकिएको स्थायी समितिको बैठक निर्धारित समयमै सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्