ओलीले शारीरिक र मानसिक सन्तुलन गुमाइसके : मातृका यादव

Matrika Yadab
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादवले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शारीरिक र मानसिक सन्तुलन गुमाइसकेको बताएका छन्।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन्।

उनले आफूहरुसँग नमिलेको भए केपी ओली नेतृत्वको सरकार बन्न सक्दैनथियो भन्ने टिप्पणी गरेका छन्।

अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आधा आधा गर्ने सहमति भएको तर स्थायित्वको लागि प्रचण्डले आलोपालो सरकारको नेतृत्व छोडेको यादवले बताए।

नेता यादवले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने बताए।

भिडियोसहित:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्