काठमाडौंमा शैक्षिक संस्थाहरु सञ्चालनको तयारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौंका शैक्षिक संस्थाहरु सञ्चालनको तयारी भएको छ। सरकारले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने गृहकार्य थालेको हो।

लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन्।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने तयारी थालेका छन्।

ती विद्यालयहरुले सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको तयारी गरेका बताएका छन्।

केही शिक्षण संस्थाले सीमित संख्यामा विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पठनपाठन अघि बढाउने तयारी गरेका छन्।

यस्तै सकेसम्म कम विद्यार्थी विद्यालयमा उपस्थित गराएर सुरक्षित रुपमा कक्षा सञ्चालन गर्नेबारे छलफल जारी रहेको नगरपालिकाहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्