मना गाउँलाई नमूना प्राङ्गारिक गाउँ बनाउने तयारी

mana gau
लोकपाटी न्यूज

राजेन्द्र विक/ बाजुरा, १७ मंसिर। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न. ५, स्थित मना गाउँलाई नमूना प्राङ्गारिक गाउँ बनाइने भएको छ।

नमूना प्राङ्गारिक गाउँ बनाउने अभियानका लागि उक्त गाउँ का स्थानीयसँग पहिलो चरणको अन्तरक्रिया कार्यक्रम संचालन गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशिले बताए।

पहिलो चरणको अन्तरक्रियामा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिंजापति,सूचना अधिकारी मीन प्रसाद जैशी, वडाध्यक्ष बल बहादुर थापालगायत अन्य जनप्रतिनिधि सहित १ सय ५० जना स्थानीय कृषकको उपस्थिति रहेको बताइएको छ।

उपस्थित कृषकले आफ्नो गाउँ नमूना प्राङ्गारिक गाउँ बनाउन आवश्यक रहेको र त्यसमा आफूहरुले गर्नुपर्ने सबै काम गर्न प्रतिवद्ध भएर लाग्ने बताएका थिए। कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा नगरपालिका र वडा कार्यालयको सहयोगमा यो अभियान अगाडि बढाईने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख सिंजापतिले बताए।

स्थानीय कृषकले सहयोग गरी यो योजना सफल भयो भने केही महिनापछि त्यहांको बडिमालिका ग्राभिटि रोपवे वाट पानी हैन कृषि उपज ढुवानि हुने बिश्वास आफुले लिएको सुचना अधिकारी मीन प्रसाद जैशिले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्