अर्घाखाँची। अर्घाखाँचीमा आगो ताप्ने क्रममा एक जनाको जलेर मृत्यु भएको छ। जाडोमा आगो ताप्ने क्रममा जलेर उनेको मृत्यु भएको हो।
पाणिनी गाउँपालिका पोखराथोककी पुतली नेपालीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए।
फलामको चुलोमा आगो ताप्दै गर्दा उनको कपडामा आगो सल्किएको थियो।