नेकपा सचिवालय बैठक सुरु

sachiwalaye
फाइल तस्वीर
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। एकघण्टा पछि धकेलिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको हो।

सचिवालय बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबिना नै सुरु भएको हो।  प्रधानमन्त्री ओलीको सचिवालयले उनी बैठकमा सहभागी हुने या नहुने अझै टुंगो नभएको जनाएको छ।

मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको थियो। सो बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफल नै नगर्ने प्रस्ताव राखेपछि चर्काचर्कीसमेत भएको थियो।

बैठकमा ओलीले १० दिन सचिवालय बैठक रोक्न माग गरेका थिए। तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्