डीएसपी चौधरी निलम्बित

dsp-bharat-chudari
  • 10
    Shares
लोकपाटी न्यूज

कैलाली। इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरी निलम्बित भएका छन्। (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले छानबिनको क्रममा उनलाई निलम्बन गरिएको बताए। उनलाई मंसिर १२ गते गृह मन्त्रालयले निलम्बन गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्