नेकपा सचिवालय बैठक सकियो

sachiwalaye
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा सचिवालयको बैठक सकिएको छ। २० मिनेट मात्रै बसेर नेकपाको सचिवालय बैठक सकिएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित थिए। आज बसेको बैठक मंसिर २० गते फेरि बस्ने गरी सकिएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ। भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठकसमेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्