सचिवालय बैठकमा ओलीकाे ‘नाेट अफ डिसेन्ट’

oli kaka
  • 438
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाइएको भन्दै असहमति जनाएका छन्। उनले कुनै एजेण्डाबिनै स्थायी कमिटी बैठक बोलाइएको भन्दै असहमति जनाएका हुन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा स्थायी कमिटी बैठक बोलाउने भनेपछि ओलीले त्यसको प्रतिवाद गरेका थिए। प्रधानमन्त्रीको भनाइ उदृत गर्दै उनी निकट स्रोतले भन्यो, साझा एजेण्डा तयारी छैन। प्रस्ताव छैन अनि केको बैठक हो, केका लागि बैठक हो।’

श्रोतले भन्यो, ‘प्रधानमन्त्रीले त्यसो भन्दाभन्दै पनि प्रचण्डले बैठक घोषणा गरेर हिँड्नुभएको हो। दुई वटै प्रस्ताव लैजाने भनेर झूट कुरा गरिएको छ।’

प्रधानमन्त्री निकट स्रोतले प्रचण्डले एकतर्फी रूपमा बैठक घोषणा गरेर गएको दाबी गरेको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आइतबार स्थायी कमिटी बैठक बस्ने जानकारी दिएका थिए।

 उनले सचिवालयमा प्रस्तुत भएका सबै पत्र र प्रस्तावमाथि स्थायी कमिटीमा लैजाने सहमति भएको समेत बताएका थिए।