म सहमतिमा आउने कुरा कल्पना पनि नगर्नुहोस्ः ओली

KP Sharma Oli-33
  • 219
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन्। आजको सचिवालय बैठकमा ओलीले आफूले त्याग गर्छु भन्ने कल्पना पनि नगर्न र त्यसका लागि कुनै पनि कसरत नगर्न विरोधी समूहलाई चेतावनी दिएका हुन।

‘तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ। तलतल पनि बहस लगिराख्नुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘अध्यक्ष र प्रधानमन्त्री छोडेर त्याग गर्छ कि यो बिचमा भन्नुभयो होला। सहमति आउँछ कि भनेको हो भने त्यो कल्पना गर्न छोड्नुस्। महाधिवेशनसम्म अध्यक्ष छोड्दिन, चुनाव नभएसम्म प्रधानमन्त्री छोड्दिनँ।’

ओलीले पार्टीमा बल प्रयोग भएको आरोप पनि लगाए। ओलीको चाहना विपरीत आइतबारका लागि स्थायी कमिटी बैठक तय भएपछि उनले पार्टीमा बल प्रयोग गरेको आरोप लगाए। उनले बैठकमा भनेका थिए, ‘ ‘मलाई केही भन्नु छैन, शायद तपाईँहरूको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं। आजको बैठकमा पनि बल प्रयोग भएको छ।’