अनुशासनहीन ८ प्याराग्लाइडिङ चालक कारबाहीमा, उडानमा रोक

pokhara paraglaiding
लोकपाटी न्यूज

पोखरा। प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्रयाइँ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ।

यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्यानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठ जना चालकको उडान अनिश्चितकालका लागि रोकिएको हो।

उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो।

चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेक्रयाइँ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए। नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्