चप्परगौंडी‍‍‍-सल्यान सडकबारे सांसद अथकको उच्चस्तरीय छलफल

  • 412
    Shares
0

काठमाडौँ। बाँकेको चप्परगौंडीदेखी सल्यान जोड्ने सडक योजनाबारेमा सांसदहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग छलफल भएको छ। सङ्घीय सांसद महेश्वर गहतराज ‘अथक’, टेक बहादुर बस्नेत र हिराचन्द्र केसीले मन्त्री नेम्वाङसँग छलफल गरेका हुन्।

छलफलमा तीन वटा सांसदहरूले संयुक्त रूपमा उक्त सडकमार्ग निर्माणका ध्यानार्कषन गराएको छ। उनीहरूले कोहलपुरको चप्पडगौडीदेखी सल्यान जोड्ने सडकलाई अन्तर प्रदेशीय रणनीतिक सडकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। सडक निर्माणका लागि सङ्घीय सरकारसँग ३० करोड बजेट माग समेत गरेका छन्।

उक्त सडकलाई बाँके र सल्यान दुवै तीरबाट सँगै काम सुरु गर्ने गरी व्यवस्था मिलाउन समेत माग गरिएको सांसद अथकले जानकारी दिए। मन्त्री नेम्वाङले यसबारेमा सकारात्मक प्रतिक्रिया दिएको सांसद अथक जानकारी दिए।

Comments
Loading...
You might also like