पाँचतारे होटलबाट नायिका पक्राउ

  • 28
    Shares
0

एजेन्सी। बिग बोस प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक फेरि चर्चामा आएकी छन्। मुम्बई प्रहरीले अमृतालाई गारेगाउँको एक होटलबाट पक्राउ गरेको छ।

उनलाई मुम्बईको फाइभ स्टार होटलबाट पक्राउ गरेको हो। अमृतासँगै अर्की नायिका ऋचा सिंहलाई पनि पक्राउ गरेको छ। प्रहरीले नक्कली ग्राहक बनेर सेक्स र्‍याकेट चलाउनेसँग सम्पर्क गरेको थियो। प्रहरीले पक्राउ परेका दुवै जना यौनधन्दामा संलग्न भएको बताएको छ।

उनीहरूमाथि आईपीसीको धारा ३७० (३) ३४ र ४,५ (अनैतिक तस्करी रोकथाम) अन्तर्गत गिरफ्तार गरिएको हो। प्रहरीले यौन धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको बताएको छ।

प्रहरीले छापा मारेको पत्ता पाएपछि अमृताले भाग्ने कोसिस गरेको तर तत्काल पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ। अमृता बिग बोसका प्रतियोगीसमेत रहेका अरहान खानकी पूर्वप्रेमिका हुन्।

अमृता धनोआले अरहान खानमाथि धोखा दिएको र ठगेको आरोप लगाएकी थिइन्। उनले अरहानविरुद्ध प्रहरीमा उजुरीसमेत गरेकी थिइन्।

Comments
Loading...
You might also like