एमसीसी कार्यदलले सकेन काम

  • 14
    Shares
0

काठमाडौं । सत्तासीन नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसीको अध्ययन गरी सुझाव दिन गठित कार्यदलले जिम्मेवारी पुरा गर्न सकेको छैन् । कार्य पुरा गर्नको लागि कार्यदलले थप १० दिन समय मागेको छ। अमेरिकाले एमसीसीमा केही पनि तलमाथि नहुने स्पष्ट गरिसकेकाले कार्यदललाई थप समय दिने र नदिने भन्नेमा नेकपा नेतृत्व दुविधामा देखिएको छ।

गत माघ २२ गते सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीलाई संसदबाट अनुमोदन गर्न नहुने पक्षमा बहुमत सदस्य देखिएपछि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो।फागुन २९ सम्म १० दिनको समय पाएको कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य तोकिएका थिए। यसबीचमा कार्यदलका २ वटा बैठक बसे पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

नेपाल भ्रमण गरेका एमसीसी युरोप, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले एमसीसी कार्यान्वयन चरणमा रहेकाले केही पनि तलमाथि नहुने स्पष्ट गरेका थिए। प्रधानमन्त्री केपी ओलीदेखि कार्यदल संयोजक खनालसमेतलाई भेट गरेका ब्रुक्सले एमसीसीमा कुनै पनि परिवर्तन अमेरिकालाई मान्य नहुने स्पष्ट गरिसकेका छन्। एमसीसी सम्वद्ध पदाधिकारीले पनि नेपालले चाहँदैमा मात्र एमसीसीमा कुनै परिवर्तन नहुने भन्दै या त स्वीकार गर्नुपर्ने या त अस्वीकार गर्न सरकार र सत्तासीन नेकपाका नेताहरूलाई स्पष्ट गरिसकेको नेताहरू बताउँछन्। ‘एमसीसी स्वीकार गर्ने या नगर्ने नेपालको हातमा छ। कार्यदलको सुझाव पनि अलपत्र पर्ला जस्तो छ।

कार्यदलका एक सदस्यका अनुसार एमसीसीको विषयमा कार्यदलले स्पष्ट सुझाव दिने बताए छन्। ‘अरूले के भनिरहेका छन्, त्यसबाट कार्यदल प्रभावित हुँदैन,’ ‘यथार्थ कुरा बाहिर ल्याउँछौं।’नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एमसीसी छिटोभन्दा छिटो संसद्बाट अनुमोदनका पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुमा एमसीसीको विपक्षमा देखिए पनि पछिल्ला दिनमा नरम धारणा राख्दै आएका छन्।

Comments
Loading...
You might also like