दोहोरो सदस्यता त्याग्न सहकारी विभागको जरुरी सूचना

  • 13K
    Shares
0

काठमाडाैं। दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरुलाई सहकारी विभागको सूचना काठमाडौं। सहकारी विभागले एकै व्यक्ति एकभन्दा बढी सहकारीमा क्रियाशील हुन नपाउने ऐनको प्रावधान स्मरण गराउँदै त्यस्तो सदस्यता त्याग्ने व्यवस्था गर्न सहकारीहरुका नाम सूचना जारी गरेको छ।

विभागले एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने ऐनबारे सहकारीहरुलाई सूचना जारी गरिएको हो। एउटै व्यक्ति एउटै स्थानीय तहको एकै प्रकृतिका सहकारीमा सदस्य बन्न नपाउने सरकारी नियम छ। तर, धेरैजसो सहकारीले शेयर सदस्य मात्र होइन, सञ्चालक समितिमा पनि दोहोरो सदस्यता लागू गरिरहेका छन्। सरकारले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सहकारीका नाममा सूचना जारी गरेको हो।

यस्तो छ विभागको सूचना

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनु अघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यहोरा विदितै छ।

सहकारी ऐन, २०७४ मिति २०७४ कार्तिक १ गतेदेखि जारी भएकोले कसैले एकै स्थानीय तहभित्र कार्य सञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरुको सदस्यता लिनु भएको भए २०७७ असोज मसान्तभित्रै आफूले छनौट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता मात्र कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्य गर्नु हुन अनुरोध छ। सहकारी संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई अवगत गराएर तदनुसार गर्ने, गराउने व्यवस्था मिलाउन सूचित गरिन्छ। अन्यथा कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।

IMG_20200212_130949_938

Comments
Loading...
You might also like