कुवेतको हाउजिङ निर्माणस्थलमा चार नेपालीको ज्यान गयो!

  • 7
    Shares
0

काठमाडौं । कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार जना नेपालीको ज्यान गएको छ । तीन जनाको अवस्था गम्भीर रहेको अरब टाइम्सलेजनाइएको छ । अरब टाइम्सले अझै तीन जना कामदार हराइरहेको बताएको छ । वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको समाचार एजेन्सीले जनाएको छ।

खाडलमा १३ जना नेपाली र एक भारतीय कामदार पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउने क्रममा एक्कासी ढुंगासहितको पहिरो आएर उनीहरुलाई पुरेको समाचारमा उल्लेख छ । मृत्यु हुने नेपाली कामदारको पहिचान हुन भने सकेको छैन ।

दुर्घटनालगत्तै हाउजिङ निर्माणस्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डा‍‌‍। राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन्।

Comments
Loading...
You might also like