कुवेतमा चार नेपाली कामदारको मृत्यु, तीन गम्भीर घाइते

  • 25
    Shares
0

काठमाडौं, १ फागुन । नेपाली कामदारको कुवेतमा पहिरोमा पुरिएर मृत्यु भएको छ। कुवेतको एक निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको हो।

काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए। कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए।

पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ। जसमध्ये चार नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको छ।

थप तिन जना नेपाली मजदुर अझै हराइरहेका छन्। उद्धारकर्र्ताहरुले उनीहरुको खोजी जारी राखेको बताएका छन्। घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन।

Comments
Loading...
You might also like