डलरदेखि रियालसम्मको आज कति छ भाउ ?

  • 24
    Shares
0

काठमाडौं, १ फागुन। नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन १) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

44

Comments
Loading...
You might also like