कारोना भाइरसलाई लिएर प्य्राङ्क गरेपछि जेल सजाय

  • 19
    Shares
0

एजेन्सी। रुसमा एक प्य्राङ्स्टरलाई कारोना भाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ। युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय दिइएको छ।

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ। युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो। तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ।  भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन। प्रहरीले युवकलााई सोमबार पक्राउ गर्‍यो र भिडियो फिल्माङ्कन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ। युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन्। युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए। रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ। साइबेरियामा भने १ सय ४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ।

Comments
Loading...
You might also like